प्रतिनिधि सभा निर्वाचन २०७४

झापा १ : मतगणना भोलि बिहानदेखि मात्रै

झापा १ : मतगणना भोलि बिहानदेखि मात्रै


बिर्तामोड । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु गरिने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।

भोली बिहान सर्वदलीय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा क्षेत्र नम्बर १ मा शान्तिपुर्ण रुपमा मतदान सकिएको र अहिले मतपेटिका संकलनको काम भइरहेको अधिकृत महतले बताए ।

शेयर गर्नुहोस :

0
Shares