झापा

मेचीनगरका प्रमुख प्रशासकीय राजकपुरले सरुवा मागे

मेचीनगरका प्रमुख प्रशासकीय राजकपुरले सरुवा मागे


मेचीनगर । अख्तियारी दुरुपयोगको आरोप लागेका मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईं आज कार्यालयमा आएर पनि हाजिर नगरी फर्किएका छन् ।

अधिकृत चम्लागाईंलाई नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले हार्दिकताका साथ कार्यालयमा हाजिर नभइदिनु भन्ने आग्रहलाई स्वीकार गर्दै हाजिर नगरी फर्किएका हुन् । अधिकृत चम्लागाईंले उपप्रमुख उप्रेतीलाई आफ्नो सरुवाको लागि पहल गरिदिनसमेत आग्रह गरेका छन् ।

अधिकृत चम्लागाईंलाई पदको दुरुप्रयोग गरी कानुन विपरित अख्तियारी दुरुपयोग गरेको र आवश्यकताभन्दा धेरै काज विदा बसेको आरोप लागेको छ । लामो समयसम्म उनको कार्यशैली विवादमा परेपछि केही दिन अगाडि कार्यपालिकाको बैठकले उनलाई फिर्ता पठाउने निर्णय गरेको थियो ।

नगरपालिकाको बोर्डले चौलागाईको कार्य सम्पादन शैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई नगरपालिकाबाट सरुवा जाने मार्ग प्रशस्त गरेको थियो । चौलागाईलाई फिर्ता पठाउने निर्णय गर्दै नगरपालिकाले उनको अधिकारहरुसमेत खोसेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईले नगरपालिका बोर्डबाट आफुलाई हटाइएको निर्णयको प्रतिलिपी मागेका छन् ।

शेयर गर्नुहोस :

0
Shares