बिर्तामोड

बिर्तामोड ७ मा लघु उद्यम विकास कार्यक्रम

बिर्तामोड ७ मा लघु उद्यम विकास कार्यक्रम


बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा आयोजना गरेको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको छ ।

पौष १८ गतेदेखि मियावारीमा आयोजना गरिएको ७ दिने तालिम सोमवार सम्पन्न भएको हो । तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष कृष्णप्रसाद खरेलले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

तालिमलाई नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, तालिम संयोजक चनिमाया तामांग, कल्पना शिवाकोटी लगायतले सहजीकरण गर्नु भएको थियो ।

सहभागिहरुले तालिममा सिकेको सीपलाई कार्यान्वयन गर्ने प्रतिवद्ता जनाएका छन् । तालिममा २४ जना सहभागी थिए ।

समापन कार्यक्रममा वडासदस्य लक्षिमा खतिवडा, हेमलता विश्वकर्मा , न्यायिक समिति सदस्य माया ढकाल, स्थानीय समाजसेवी घनश्याम भण्डारी, चुडामणि ढकाल लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares