Banner news

अब गल्ती नगर्ने प्रतिवद्धतापछि शिवाकोटीलाई माफी

अब गल्ती नगर्ने प्रतिवद्धतापछि शिवाकोटीलाई माफी


बिर्तामोड । मादक पदार्थ सेवन गरेर विराटनगरको रत्न होटलमा महिलामाथि दुव्र्यवहार गर्ने बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले क्षमायाचना गरेका छन् ।

शिवाकोटीले गत मंगलवार साँझ प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेका थिए । दुव्यवहारको घटना लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् । आफुमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा ठाडो उजुरी गरेकी थिइन् ।

कानुनी कारबाहीका लागि कार्की अघि बढिरहेको बेला शिवाकोटीले बिहीवार एक समूहसहित विराटनगर पुगेर क्षमा मागेका छन् । अब उप्रान्त यस प्रकारको गल्ती नगर्ने प्रतिवद्धता सहित शिवाकोटीले क्षमा मागेपछि एक पटकलाई क्षमा दिएको कार्कीले इजलाससित बताइन् ।

शिवाकोटीले आफु मादक पदार्थ सेवन गरेको र त्यसैबेला गल्ती भएको स्वीकार गर्दै क्षमा मागेको कार्कीले जानकारी दिइन् । कार्कीले भनिन्, ‘मैले कसैको परिवार सिध्याउन खोजेको होइन, बद्मासीलाई सचेत गराएको हुँ । अब गल्ती नगर्ने भनेपछि एक पटकलाई माफी दिए ।’

कानुनी कारवाहीका लागि अग्रसर कार्कीले जस्तोसुकै दवाव आएपनि फेसबुकमा लेखेको स्टाटस डिलिट नगर्ने अडान लिएकी थिइन् । उनलाई नेपाली कांग्रेसका प्रदेश स्तरीय नेताहरुले नै क्षमा दिन आग्रह गरेपछि दुवै पक्ष बसेर आज विराटनगरमा संवाद गरिएको थियो ।

शेयर गर्नुहोस :

27
Shares