बिर्तामोड

चाँदनी बहुउद्देश्यीयको अध्यक्षमा पुनः दाहाल

चाँदनी बहुउद्देश्यीयको अध्यक्षमा पुनः दाहाल


शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा यामबहादुर दाहाल पुनः चयन भएका छन् । संस्थाद्वारा बिहीवार कार्यालय परिसरमा आयोजित २२ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट दाहाल सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा बसोधा घिमिरे ,सचिवमा प्रेम कार्की , सहसचिवमा मणी भण्डारी र कोषाध्यक्षमा चित्रबहादुर कटुवालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा देवेन्द्र मैनाली ,टीकादेवी लुईटेल, सीता बस्नेत र गजेन्द्र कटुवाल चयन भएको निर्वाचन समिति संयोजक वेदमाया निरौलाले जानकारी दिइन् ।

त्यस्तै लेखा समितिको संयोजकमा गीता खनाल , सदस्यहरुमा वेद प्रसाद घिमिरे र तुलसी प्रसाद खतिवडा चयन भएका छन् । समितिको कार्यकाल ४ बर्ष रहने बताइएको छ । यसअघि दाहाल ३ कार्यकाल अध्यक्ष भइसकेका हुन् । अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको साधारणसभामा संस्थाका अध्यक्ष यामबहादुर दाहालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापकको तर्फबाट निरकुमार मगरले आर्थिक प्रतिवेदन तथा २०७८÷ ०७९ को अनुमानित आय –व्यय प्रस्तुत गरेका थिए ।

वडा नम्बर – ४ का ८५ प्रतिशत कृषक र रोजगारी समस्यालाई मध्यनजर गरी उनीहरुको आर्थिक बृद्धि, जीवनस्तर उस्काने उद्देश्यले यस संस्था स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ । ६१८ जना शेयर सदस्य रहेको संस्थामा शेयर पूँजी ३३ लाख ९९ हजार ९ सय ६७ रुपैयाँ रहेको छ ।

सोही अवसरमा संस्थाका ज्येष्ठ सदस्य दिलबहादुर रम्तेल र निर्मला बस्नेतलाई सम्मान गरिएको थियो । अध्यक्ष दाहालको सभापतित्व तथा सचिव प्रेम कार्कीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि कटुवाल, नेकपा एमाले वडा कमिटीका अध्यक्ष राजेन्द्र अधिकारी , नेपाली कांग्रेस वडा सभापति खेम काफ्ले ,पशुपंक्षी बिकास शाखाका प्रमुख पदमलाल राई, अर्जुनधारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनाल ,नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली , टोल बिकास समिति अध्यक्ष विवेक कार्की ,दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अर्जुन बस्नेत ,महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाका सहसचिव गंगादेवी कट्टेल, बिन्ध्याबासिनी सिंहदेवी मन्दिर समितिका कोषाध्यक्ष चिरञ्जीवी शिवाकोटी ,चाँदनी सहकारी संस्थापक कोषाध्यक्ष याम बहादुर अधिकारी , बसोधा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares