Banner news

माघे संक्रान्ति मनाइदै : कनकाईमा भव्य माइमेला, बाहुन्डाँगीमा तरुल उत्सव

माघे संक्रान्ति मनाइदै : कनकाईमा भव्य माइमेला, बाहुन्डाँगीमा तरुल उत्सव


बिर्तामोड । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
माघे संक्रान्तिमा झापाको कनकाई माइ किनारमा भव्य माइमेला लाग्ने गरेको छ । यस्तै, संक्रान्तिको अवसरमा यो वर्ष मेचीनगरको बाहुन्डाँगीमा तरुल उत्सवको आयोजना गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares