बिर्तामोड । प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाले बिर्तामोडमा डिजिटल शैक्षिक सामग्री प्रदर्शन गरेको छ । सामुदायिक तथा संस्थागत विधालयको पठनपाठनलाई प्रविधियुक्त बनाउन शिक्षकहरुका बीच डिजिटल शैक्षिक सामग्री प्रदर्शन गरिएको हो ।

डिजिटल शैक्षिक सामग्री प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय प्राविधिक समिति संयोजक घनश्याम अधिकारीले निर्माणाधिन शैक्षिक ब्लग प्रदर्शन गरेका छन् । शैक्षिक ब्लग शिक्षासँग सम्बन्धित नेपाल सरकारका सूचना तथा कक्षाकोठमा आवश्यक पर्ने डिजिटल शैक्षिक सामग्री हो । संस्थाका अध्यक्ष टिका प्रसाद सुवेदीले अंग्रेजी विषयको बालमनोविज्ञानमा आधारित शब्द र अर्थको एप मार्फत जानकारी गराएका थिए । यस्तै, संस्थाका उपाध्यक्ष रणधीर कुमार सिंहले पावरपोइन्ट प्रिजेन्टेशनलाई एपमा बदल्ने सीपका बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
संस्थाका सचिव तिलक गजमेरले जीओ जेब्रा एप मार्फत कक्षा ८ को गणित विषयको स्थानान्तरण पाठलाई पूर्ण रुपले कक्षाकोठामा बालमनोविज्ञानका आधारमा पाठयोजनासहितको प्रस्तुतिकरण गरेका थिए ।
डेस्टटप स्किृनिङका बारेमा प्रदेश १ प्राविधिक समितिका संयोजक संजय खत्री, कक्षा १० को विज्ञान विषयको प्रकाश पाठका बारेमा कर्म शेर्पा, हाजिरीजवाफका विषयमा प्रेम कटुवाल, इमेल व्यवस्थापनका बारेमा खेम लिम्बु आङ्वो, र भुपति बस्यालले विभिन्न मोवाइल एपद्वारा छिटोछरितो ढंगले शैक्षिक सामग्री उत्पादन र प्रयोगका बारेमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा गरिएका सहजीकरणपछि शिक्षकहरुका बीचमा अन्तरक्रिया भएको थियो । कार्यक्रमले पठनपाठनलाई डिजिटल बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले नेपालको शैक्षिक गुणस्तर सुधारमा प्रविधिमैत्री समाजको भूमिका प्रभावकारी हुने बताएका छन् । उनले आगामी दिनहरुमा समेत शैक्षिक गुणस्तर सुधारका लागि यस प्रकारका कार्यक्रमहरु नियमति आयोजना गरिनुपर्ने बताए ।







प्रतिक्रिया