बिर्तामोड । सत्ताम साझेदारी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ ।
स्रोतका अनुसार राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।
अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरुसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउने छन् ।
झापा क्षेत्र नं. ३ बाट निर्वाचित लिङ्देन दुई पटक एमालेको समर्थनमा निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेका हुन् ।







प्रतिक्रिया