काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसके पछि कोलकाता फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेको उक्त विमान भारतको कोलकाता पुगेको छ ।
नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।
आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।







प्रतिक्रिया