झापा

‘आर्थिक पत्रकारिता पुरस्कार’द्वारा सम्मानित काफ्ले र पौडेल

‘आर्थिक पत्रकारिता पुरस्कार’द्वारा सम्मानित काफ्ले र पौडेल


मेचीनगर । शुक्रबार धुलाबारी स्थित कृष्ण पाटी प्यालेसमा आयोजना भएको मेची उद्योग बाणिज्य संघको १८औँ बार्षिक साधारण सभामा पत्रकार रोहित काफ्ले र मुक्ति पौडेल सम्मानित भएका छन् । पत्रकारहरुलाई मेची उद्योग बाणिज्य संघले आर्थिक पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो ।

निर्माणलहर साप्ताहिकका सम्पादक रोहित काफ्ले र जनसंसद अनलाइनका सम्पादक मुक्ति पौडेललाई जनहि १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ । पत्रकार छनोट समितिका सदस्य नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मानित दुवै जनाको सम्मान पत्र वाचन गरेका थिए ।

प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए । त्यसै गरी अतिथिहरुमा प्रदेश नं.१ प्रदेशसभा सदस्य सबिना बजगार्इं, मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली कांग्रेस नगर सभापति शुदय पनेरु, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु नरेन्द्र खड्का, केशवराज पाण्डे, विजय डालमिया, पंकजबिक्रम नेम्बाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखएसपी दुर्गाराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि बढिरहेको बताएका छन् । उनी भन्छन् ‘सरकारको तीन खम्बे नीतिलाई निजी क्षेत्र, सहकारी लगायतले मुलुकको अर्थतन्त्र उकास्न अहम भूमिका निर्वाह गरिरहेको छ ।’साथै उनले मेचीनगरले वित्त विकास, राजनीतिक र सामाजिक कार्यमा महत्वपूर्ण भुमिका खेलिरहेको पनि निकिर गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मनत्री मेयाङवो, झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रमको स्वागतसहित अध्यक्षको प्रतिवेदन मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले प्रस्तुत गरेका थिए भने सञ्चालन महासचिव ध्रुब कनालले गरे । अहिले बन्दसत्र चलिरहेको छ ।

 

शेयर गर्नुहोस :

0
Shares