झापा

उपन्यास ‘आतोओडा’ विमोचन

उपन्यास ‘आतोओडा’ विमोचन


दमक । कवी जानुका खतिवडाद्वारा लिखित लोपोन्मुख सन्थाल जातिको जीवनीमा आधारित उपन्यास ‘आतोओडा’को गौरादहमा विमोचन गरिएको छ । गौरादह साहित्य समाजले सोमबार आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्कीले उपन्यास विमोचन गरेका छन् ।

पूर्वीझापा, मोरङ र सुनसरीमा मुख्य बसोबास गर्ने यो समुदायको जीवनीमा आधारित उपन्यास पहिलो पटक प्रकाशित भएको लेखक खतिवडाले दाबी गरिन् । त्यस अवसरमा वक्ताहरुले उपन्यासले सन्थाल समुदायको जीवन संघर्ष, भूमिहीन तथा नागरिकता विहीनताको कथाव्यथा र कठिनाइलाई मुखरित गरेको उल्लेख गरेकी छन् ।

काठमाडौँमा रहेर साहित्य क्षेत्रमा लेखकले आफ्नो जन्मस्थानको विषय परिवेशलाई आधार बनाएर उपन्यास लेखेको बताइन् । उनको यो आफ्नो पाचौँ कृति हो ।

कार्यक्रममा कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटी, गौरादह नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दुर्गामणि बस्नेत, लेखक तथा साहित्यकार कृष्ण अविरल, गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाल, गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपालप्रसाद काफ्ले, सन्थाल समुदायकी अगुवा लक्ष्मी मर्डीले उपन्यासले सन्थाल जातिको सामाजिक चित्रण गरेकोमा जोड दिए ।

कार्यक्रममा गौरीगञ्ज २ कोरोबारीको जोयोड झरना सन्थाल युवा क्लबले जातीय संस्कृति झल्काउने नृत्यसमेत प्रदर्शन गरेको गौरादह साहित्य समाजका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares