बिर्तामोड । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार झापाका १५ पालिकामध्ये हल्दिवारी उत्कृष्ट भएको छ । दमक दोस्रो भएको छ भने बिर्तामोड कार्यसम्पादन मुल्याङकनमा तेस्रो भएको छ ।

झापाका १५ पालिकाहरुको प्राप्ताङ्क अनुसार मेचीनगरले ४४.६५, बुद्धशान्ति ५०.४९, अर्जुनधारा ५५.५३, कन्काई ४७.२८, शिवसताक्षी ४३.७२, कमल ५५.९४, दमक ६०.८१, गौरादह ५७.८८, गौरीगञ्ज ५०.९७, झापा ५०.२८, बाह्रदशी ४७.९६, बिर्तामोड ५९.४७, हल्दीबारी– ६८.६६, भद्रपुर ५३.३२ र कचनकबलले ५१.९२ अंक प्राप्त गरेको छ । विभिन्न सूचक र तिनका अकंभारको आधारमा पालिकाहरुको प्राप्ताङ्कले आगामी आर्थिक वर्षमा पालिकाहरुलाई संघीय सरकारले प्रदान गर्ने वित्तीय समानीकरण अनुदान निर्धारण हुने राष्ट्रि प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।







प्रतिक्रिया