बिर्तामोड । नेकपा एमाले झापाको छैटौ जिल्ला कमिटी बैठक बस्ने भएको छ । बुधबार जिल्ला पार्टी कार्यलय बिर्तामोडमा ग्रास रुट अभियान अन्तर्गत विशेष बैठक बस्ने सचिव वि ढुङगेलले जानकारी दिए ।
उनका अनुसार फागुन ५ गतेदेखि सुरु भएको ग्रासरुट अभियानलाई प्रभावकारी रुपमा सफल बनाउन पार्टी बैठकले योजना बनाउनेछ । सचिव ढुङगेलले जिल्लामा पालिका–पालिकामा ग्रासरुट अभियान सञ्चालन भइसकेको छ ।
पार्टी केन्द्रले हरेक पालिकामा एक केन्द्रीय सदस्य परिचालन गरेर अभियान सञ्चालन गरिरहेको जनाएको छ । २ महिनासम्म सञ्चालन हुने अभियानमा प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु टोलटोलसम्म पुग्ने कार्यक्रम रहेको छ ।
पार्टी सदस्य र शुभेच्छुकसम्म एमालेको कार्यक्रम लिएर जाने अभियानको योजना हो । सचिव ढुङगेलका अनुसार पार्टी बाहिर रहेका शुभेच्छुकहरुलाई सदस्य बनाउने, वैचारिक प्रशिक्षण प्रदान गर्ने, जनसंगठनको व्यवस्थित परिचालन गर्ने, पार्टीभित्र देखिएको गलत प्रवृत्ति विरुद्ध खवरदारी गर्ने, पार्टी सदस्यता अनलाइन विधिबाट नविकरण गर्ने, नयाँ सदस्यताका लागि आवेदन लिन ग्रासरुट अभियान सञ्चालन गरिएको हो ।
वडादेखि केन्द्रीय कमिटीका नेताहरुसम्म अभियानमा सक्रिय हुनेछन् ।







प्रतिक्रिया