Banner news

बिर्तामोड महोत्सवको मुख्य मञ्च भत्कियो, दुई सेक्युरिटी गार्ड घाइते

बिर्तामोड महोत्सवको मुख्य मञ्च भत्कियो, दुई सेक्युरिटी गार्ड घाइते


बिर्तामोड । आज साँझ हावाहुरीसहितको वर्षाका कारण बिर्तामोड अन्तराष्ट्रिय औधोगिक व्यापार मेलाको सांस्कृतिक कार्यक्रम स्थगित गरिएको छ ।

हावाहुरी सहितको वर्षाले सांस्कृतिक कार्यक्रम गर्ने मुख्य मञ्च नै भत्किएको थियो ।
महोत्सव आयोजक समितिका अनुसार मञ्च भत्किदा दुई जना सेक्युरिटी गार्ड समेत सामान्य घाइते भएका छन् । उनीलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मुख्य मञ्चसहित केहि संरचनाहरुमा वर्षाले क्षति पुराएको वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए । उनका अनुसार ८ः१५ देखी सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । व्यापारी स्टलहरुमा समेत वर्षाका कारण क्षति पुगेको छ । कति क्षति भयो भन्ने विवरण प्राप्त भइसकेको छैन ।

आज गायिका रचना रिमालसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । आजको कार्यक्रम स्थगित भएपनि भोलीबाट नियमित सञ्चालन हुने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares