Banner news

केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाही, एमालेबाट हटाइयो

केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाही, एमालेबाट हटाइयो


बिर्तामोड । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाही गरेको छ । केन्द्रीय सदस्य प्रसाईलाई पार्टीबाट हटाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटीको सिफारिस बमोजिम कारबाही गरिएको हो ।

प्रसाईले झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेपछि उनलाई कारबाहीका लागि पार्टीभित्र आवाज उठेको थियो । मंसिरमा भएको निर्वाचनपछि भने प्रसाईंको सक्रियतामा परिवर्तन हुँदै उनले राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्दै आएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रसाईको महाअभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहाज्यादी सीताष्मा उपस्थित थिए । एमाले नेता प्रसाईले पार्टी नीति, विधि विधान विरुद्ध गतिविधि गरेपछि उनलाई कारबाही गरिएको हो ।

शेयर गर्नुहोस :

0
Shares