काठमाडौ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि आकाश त्रिपाटीले अर्धशतक पूरा गरे । उनले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए । त्यस्तै अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनको योगदान गरे। यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुँदै १२० रन बनाएको थियो ।

हङकङका लागि पर्थ भागवात ३६ रन बनाएका थिए । त्यस्तै मोहम्मद जाहिरले २९ रन बनाउँदा अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आकाश चन्द र सुवास भण्डारीले समान दुई÷दुई विकेट लिँदा दीपेश कंडेलले एक विकेट लिए ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले अब चौथो खेलमा मलेसियाको सामना गर्ने छ ।







प्रतिक्रिया