Banner news

बिर्तामोडको पाँच वर्षै आवधिक योजना अनुमोदन

बिर्तामोडको पाँच वर्षै आवधिक योजना अनुमोदन


बिर्तामोड । बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना अनुमोदन गरेको छ । नगरपालिकाको सोमवार आयोजना गरेको दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो ।

सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसँगै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले राखेको प्रस्तावहरुमाथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका छन् ।
अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९-८० का लागि स्वीकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९-८० को लागि स्वीकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो ।

अधिवेशनमा वडा नम्बर ७ की वडासदस्य हेमलता विक, वडा नम्बर ६ का वडा सदस्य खेम अधिकारी, वडा नम्बर ५का वडा सदस्य दुर्गा शिवाकोटीले वडामा रहेका समस्याका बारेमा धारणा राखेका थिए । अधिवेशनमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख प्रसाईले आगामी आर्थिक वर्षको नगरसभा भन्दा अघिनै वडामा रहेका समस्या तथा गर्नुपर्ने कामहरुको विवरण संकलन गरेर पेश गर्न आग्रह गरेका छन् ।

अधिवेशनमा टेवल भएका प्रस्तावहरुको औचित्यका बारेमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले प्रकाश पारेका थिए ।

शेयर गर्नुहोस :

0
Shares