Banner news

बिर्तामोडको मुक्तिचोकमा दिउँसो कोसी प्रदेशको बिरोध, साँझ उत्सव

बिर्तामोडको मुक्तिचोकमा दिउँसो कोसी प्रदेशको बिरोध, साँझ उत्सव


बिर्तामोड । प्रदेशको नाम कोसी राखिएको भन्दै बिर्तामोडको मुक्ति चोकमा आज पहिचानवादीहरुले विरोध जनाएको छन् । प्रदेश १ को नाम कोसी स्वीकार नगर्ने भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

दिउँसो विरोध गरिएको ठाउँमा साँझ कोसी प्रदेश नामाकरण भएको अवसरमा उत्सव मनाइएको छ । कोसी नामको स्वागत गर्दै नेकपा एमाले बिर्तामोड कमिटीले उत्सव मनाएको हो ।

प्रदेशको नाम कोसी राखेकोमा लिम्बूवान किरात संयुक्त संघर्ष समितिले आज दिउँसो बिरोध प्रदर्शन गरेको थियो । उनीहरुले प्रदेशको नाम ‘लिम्बूवान किरात प्रदेश’ राखिनु पर्ने माग राख्दै बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदेशको नाम राख्दा पहिचान झल्किनु पर्ने धारणा राखेका थिए ।

त्यसै गरी नेकपा एमाले बिर्तामोड कमिटीले भने प्रदेशको नामकरण भएकोमा उत्सव मनाएको छ । नेकपा एमालेले नै प्रदेश सरकारको नेतृत्वको गरेको समयमा प्रदेशको नामाकरण भएकोमा दीप प्रज्ज्वलन गर्दै उत्सव मनाएका हुन् ।

 

शेयर गर्नुहोस :

0
Shares