बिर्तामोड । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई बिहीवार दिउँसो बिर्तामोड–२ बाट नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।
बिर्तामोड २ बस्ने वर्ष २० को विश्वास संग्रौलाको कोठामा वडा नं. ४ बस्ने वर्ष २० को अभिषेक शर्मा र वडा नं. ८ बस्ने वर्ष २० कि अनिशा मण्डल शंकाष्पद अवस्थामा बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा ब्युराले चेकजाँच गरेको थियो । प्रहरी टोलीले चेकजाचँ गर्दा अनिशा मण्डलको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय , २ वटा मोबाइल, डिजिटल तराजु १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनी राखी थप अनुसन्धान सुरु गरेको छ ।







प्रतिक्रिया