बिर्तामोड

६ यात्रु लिएर भद्रपुरबाट पोखरा उड्यो बुद्ध एयर

६ यात्रु लिएर भद्रपुरबाट पोखरा उड्यो बुद्ध एयर


भद्रपुर । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले आजदेखि भद्रपुर–पोखरा सिधा उडान सुरु गरेको छ । बुद्ध एयरको युफोर–९६२ विमान ६ यात्रु लिएर बिहीबार राती ८ बजेर १५ मिनेटमा भद्रपुरबाट पोखराको लागि उडान भरेको बुद्ध एयरका भद्रपुर स्टेसन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिए ।

पोखराका लागि उडान भर्ने पहिलो यात्रुको रुपमा तीन महिला र तीन पुरुष गरी ६ जनालाई खादा लगाएर स्वागत सम्मान गरिएको स्टेसन म्यानेजर प्रधानाङ्गले बताए । भोलि बिहान ६ बजेर १५ मिनेटमा बुद्ध एयरको युफोर–९६२ विमान पोखराबाट भद्रपुरका लागि उडान भर्ने उनले बताए ।

हवाई उडान दुरी एक घण्टा ५ मिनेटको हुनेछ । त्यसपछि सोही विमान ७ बजेर ५० मिनेटमा भद्रपुरबाट काठमाडौँका लागि उड्नेछ । आज पहिलो दिन भएकोले विमान ढिलो उडेको बताउँदै उनले भने, ’भद्रपुरबाट पोखरा लागि बेलुकी ६ः५५ को समय तोकिएको छ । हवाई टिकट दर ७ हजार ५ सय तोकिएको उनको भनाई छ । भद्रपुर–पोखरा सिधा हवाई सेवाले आन्तरिकसहित छिमेकी राष्ट्रहरू भारत, भुटान, बङ्गलादेशका यात्रुलाई सहज हुने जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares