बिर्तामोड

किसान महासंघ झापाको अध्यक्षमा निरौला सर्वसम्मत

किसान महासंघ झापाको अध्यक्षमा निरौला सर्वसम्मत


बिर्तामोड । अखिल नेपाल किसान महासंघ झापाको नवौं जिल्ला सम्मेलनले विमल निरौलालाई अध्यक्षमा चयन गरेको छ ।

झापाको बिर्तामोडस्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको सम्मेलनले आज दमक निवासी निरौलालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । सम्मेलनले किसान महासंघको जिल्ला उपाध्यक्षमा कर्णखर प्रसाई हल्दीवारी , सचिवमा छविलाल गुरागाई , सहसचिवमा प्रेम पुरी कनकाई र कोषध्यक्षमा धनमाया सुब्बालाई सर्वसम्मत रुपमा चयन गरेको नेकपा एमाले झापा कार्यालय सचिव छवि विश्वकर्माले जानकारी दिए ।

देवराज अधिकारी ,डिल्ली निरौला, डम्वर निरौला र नोख बहादुर भण्डारी, तिलरुपा ओली ,देवी आचार्य ,सपना निरौला र गोमा सुवेदी लगायत ३९ सदस्यीय जिल्ला कमिटी सदस्य चयन गरेको किसान महासंघले जनाएको छ । किसान महासंघको निर्वतमान अध्यक्ष गोपाल चुडालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा किसानको पक्षमा ,किसान महासंघ संवद्र्धन र संरक्षणमा योगदान पुराएका ४ जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा पूर्व प्रतिनिधिसभाका सांसद तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य तारासम याङया, यज्ञ कडरिया र सीता दाहाल रहेका छन् । उनीहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेल, जिल्ला अध्यक्ष दिपक कार्कीले सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि खरेलले हरेक किसानले वाली लगाउनु पूर्व मलखाद्य पाउनु पर्ने पहिलो अधिकार भएको बताएका छन् । मलखाद्य लगातयको अधिकार पाउन सबै किसान एकजुट हुनपर्ने नेता खरेलले बताए ।

एमाले झापाका अध्यक्ष कार्कीले सरोकारवालाले विकास भनेको पूर्वधार मात्र हो भन्ने साँघुरो बुझाईका कारण कृषि क्षेत्रको बिकास हुन नसकेको धारणा राखे । किसान महासंघका नेता बेनु शिवाकोटीले किसानको मुद्धा किसानले चासो नदिदा कृषि क्षेत्रको बिकासमा समस्या भएको बताएका थिए ।

शेयर गर्नुहोस :

0
Shares