विद्यालयलाई सफल बनाउन सबैभन्दा पहिले राम्रो दृष्टिकोणको आवश्यकता पर्ने मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताएका छन् । विद्यालयको सम्पूर्ण कार्य योजना सामुहिक छलफलबाट पारित गर्नुपर्छ ।
सम्पूर्ण सरोकारवालहरु शिक्षकहरु, व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ सबैले छलफल गरेर विद्यालय बिकास प्रस्ताव तयार गर्न जरुरी छ । त्यसमा सुक्ष्म-सुक्ष्म विषयहरु समावेश गर्नुपर्छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने मसिना विषयहरुलाई समेटेर काम गर्दा सामुदायिक विद्यालयलाई पनि राम्रो गरि बिकास गर्न सकिन्छ । विद्यालयको हरेक निर्णयको केन्द्रबिन्दु विद्यार्थीहरु हुनुपर्छ । हरेक निर्णयले विद्यार्थीहरुलाई शैक्षिक रुपमा फाईदा हुनुपर्छ ।

सफल विद्यालय बनाउन सबैभन्दा पहिला समयलाई महत्व दिनुपर्छ । बिहान १० देखि ४ बजेसम्मको समयमा कसैले पनि जिम्मेवारी भुल्नु हुँदैन । त्यस समयमा अन्य केही नसोची विद्यालयलाई समय दिनुपर्छ । यति गर्न सकियो भने विद्यालयलाई राम्रो र सफल बनाउन सहज हुन्छ । साथै, विद्यालय बिकास प्रस्तावमा सबैको अपनत्व हुनुपर्छ ।
जस्तै अभिभावक भेला बोलाउने र उहाँहरुसँग नानीहरुको अवस्थाको बारेमा गफ गर्ने । यस्तो कामले पनि शैक्षिक सुधारमा महत्व राख्दछ । विद्यार्थीहरुको अवस्था एकै किसिमको हुँदैन । कमजोर विद्यार्थीहरुको पहिचान गरि अतिरिक्त कक्षाहरु पनि सञ्चालन गर्नुपर्ने हुन्छ । तब मात्र, विद्यालयलाई सबैको रोजाईमा पर्छ ।







प्रतिक्रिया