Banner news

नक्कली नोट छाप्ने बिर्तामोडका दुई कम्यूनिकेशनका सञ्चालक नियन्त्रणमा

नक्कली नोट छाप्ने बिर्तामोडका दुई कम्यूनिकेशनका सञ्चालक नियन्त्रणमा


बिर्तामोड । बिर्तामोडमा नक्कली नेपाली रुपैयाँ छाप्ने कम्युनिकेशनका दुई जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले आज विहान कम्यूनिकेशन सञ्चालन गर्दै नक्कली नोट छाप्ने दुई जनालाई नियन्त्रणमा लिएको हो ।

बिर्तामोड –४ को एके कम्यूनिकेशनका सञ्चालक अंकित कार्की र यूनिक कम्युनिकेशनका मन्दिप ढुङ्गानालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुई सञ्चालक कार्की र ढुङ्गानासहित नक्कली नोट छाप्न प्रयोग गरिएको रंगिन प्रिन्टरर्ससमेत बरामत गरेको डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार थप अनुसन्धानका लागि दुवै जनालाई इप्रका बिर्तामोडमा राखिएको छ ।

प्रहरीले बुधबार नक्कली नेपाली , अस्ट्रेलियन रुपैयाँ र लागु औषधसहित दुुई जनालाई पक्राउ गरेको थियो । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका साढे ५ बजे बिर्तामोड नगरपालिका- ४ मेघावारी निवासी २४ वर्षीय सुवास ताजपुरीयाको कोठा छापा मारेको थियो ।

प्रहरीले ताजपुरियाको कोठाबाट प्रतिबन्धित लागुऔषध र नक्कली नोट बरामद गरेको थियो । प्रहरीले उनको कोठाबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने ४ ग्राम ३९० मिलिग्राम लिसाईलो पदार्थ, २८ पिस नाइट्राजेपाम ट्याब्लेट, एक हजार दरको ६० थान, पाँच सयको दुई थान नक्कली नेपाली नोट, तीन थान नक्कली अस्ट्रेलियन नोट, तीन हजार सक्कली नेपाली नोट, अन्य देशको ११ थान नोट, चार थान मोबाइल र मे ५ प ९७९७ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको छ ।

उक्त सामानसहित ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रवीण ताजपुरीयालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । ताजपुरिया दाजुभाईबाट बरामत गरिएको नक्कली नोट छाप्न दुई कम्युनिकेशन सञ्चालकले सहयोग गरेको खुलेको छ । विभिन्न भिडियो निर्माणका लागि पैसा देखाउन आवश्यक परेको भन्दै ताजपुरिया दाजुभाई कम्युनिकेशन पुगेको बुझिएको छ ।

शेयर गर्नुहोस :

0
Shares