धर्म/संस्कृति

पाउ पाथीभरामा स्वेच्छिक दान मात्रै संकलन गरिने

पाउ पाथीभरामा स्वेच्छिक दान मात्रै संकलन गरिने


चारआली । मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा पुराण लाग्ने भएको छ । चैत ८ गतेदेखि १६ गतेसम्म भागवत पुराण आयोजना हुने भएको हो ।

शुक्रबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले पुराण आयोजना बारे जाकारी दिएको छ । उक्त पुराणमा पण्डित शान्तिराम नेपाल प्रमुख वाचकका रुपमा रहेका छन् भने पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने पुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने प्रचार–प्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए । त्यस्तै झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्मा विशिष्ट अतिथिको रुपमा उपस्थित हुने बरालले जानकारी दिएका छन् ।

स्वेच्छिक दान मात्र संकलन गरिने पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा राखिएको छ । पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौं पटक भागवत पुराण आयोजना गर्न लागिएको हो ।

विशुद्ध धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु, पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने उद्देश्य रहेको छ ।

पत्रकार सम्मेलनमा सल्लाकार लोकराज ढकाल, अग्निदेव लुइँटेल, जगन भट्टराई, समितिका सचिव नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार प्रेमराज घिमिरेले गरेका थिए । पुराणलाई भब्य रुपले सम्पन्न गर्ने उद्देश्यले विभिन्न १४ वटा समिति गठन गरिएको आयोजकले जानकारी दिएको छ ।

 

शेयर गर्नुहोस :

0
Shares