Banner news

महिलाको नाममा घरजग्गा राख्ने परिवारको संख्या दोब्बर वृद्धि

महिलाको नाममा घरजग्गा राख्ने परिवारको संख्या दोब्बर वृद्धि


बिर्तामोड । पछिल्लो दश वर्षमा महिलाको नाममा घरजग्गा राख्नेको संख्या वृद्धि भएको छ । शुक्रवार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को विवरणमा महिलाको नाममा घरजग्गा राख्नेको संख्या वृद्धि भएको उल्लेख छ ।

अघिल्लो जनगणना २०६८ मा देशको कुल परिवारको १०.७ प्रतिशत परिवारहरुमा महिलाको नाममा घरजग्गा राखिएको थियो । ९ प्रतिशत परिवारले मात्रै जग्गा महिलाको नाममा राखेका थियो । ०७८ को जनगणनामा जग्गा मात्रै महिलाको नाममा राख्ने परिवारको संख्या बढेर ९.७ पुगेको छ । अहिले घरजग्गा नै महिलाको नाममा राख्ने परिवारको संख्या २३.८ प्रतिशत पुगेको राष्ट्रिय तथ्याङक कार्यालयले सार्वजनिक गरेको छ ।

 

शेयर गर्नुहोस :

0
Shares