झापा । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।
विवरणअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) रहेको छ । महिला १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छन् । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

सार्वजनिक भएको विवरणमा झापाको वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ९७ रहेको प्रस्तुत गरेको छ ।
०६८ मा भएको जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० थियो । शुक्रवार सार्वजनिक भएको तथ्याकङमा झापा जिल्लाको जनसंख्या ९ लाख ९८ हजार ५४ पुगेको छ । एक दशकमा झापाको जनसंख्या १ लाख ८५ हजार ४०४ वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार झापाको जनसंख्या धनात्मक देखिएको छ ।







प्रतिक्रिया