Banner news

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

{“caption”:”u092eu093fu091fu0930u092cu094du092fu093eu091cu0940u0932u093eu0908 u0915u093eu0930u092cu093eu0939u0940 u092eu093eu0917 u0917u0930u094du0926u0948 u092eu0902u0938u093fu0930 u0924u0947u0938u094du0930u094b u0938u093eu0924u093e u0915u093eu0920u092eu093eu0921u094cu0902 u0906u090fu0915u093e u092au0936u094du091au093fu092e u0928u0935u0932u092au0930u093eu0938u0940u0915u093e u092au0940u0921u093fu0924 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उहाँले मिटरब्याजी पीडितको समस्या तत्काल संशोधन गर्र्न आवश्यक कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

“मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान गर्ने खालको सहमति गरेको थियो, देशभरबाट तीन हजारबाट पीडितको निवेदन गृहमन्त्रालयमा परेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारले बनाएको कार्यदलले १० वटा कानून संशोधन गर्न सिफारिस गरेको छ, त्यो कानून जतिसक्दो छिटो संशोधन हुनुपर्ने जरुरी छ, कानून नहुँदा पीडितहरूरुले दुःख पाएका छन् ।”

नेकपा (एमाले) का दिलकुमारी रावल थापाले धेरै प्राणघातक रोगले नागरिकले दुःख पाइरहेको अवस्थामा पीडितले उपचार प्रभावकारीरूपमा गर्न नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वीर अस्पताल, क्यान्सर अस्पताल भरतपुरजस्ता सरकारी अस्पतालमा पनि बिरामी परीक्षण गर्ने मेसिन नभएको उल्लेख गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका अनिता देवकोटाले देशमा रोजगारीको अवसर नदेखेर विद्यार्थीले एसइईको परीक्षापछि खाडीमा भेटुँला भनेको तस्बीर देखेर निकै मर्माहत बनाएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै देशमा युवालाई रोजगारी, शिक्षा र स्वास्थ्यको उचित वातावरण बनाउन आग्रह गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का जयन्ती राईले नेपालीलाई वैदेशिक रोजागारी, शिक्षा, स्वास्थ्य आदिका लागि विदेश जानुपर्ने बाध्यताजस्तो देखा परेको र धेरै महिलाले वैदेशिक रोजगारीमा दुःख पाएर फर्र्किकएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गम्भीर भएर सोच्न आग्रह गर्नुभयो ।

वैदेशिक रोजगार व्यवसायीले नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाइरहेको हुनाले अवोध, गरिब निमुखा जनताले भोग्नुपरेको उल्लेख गर्दै उहाँले मानसिकरूपमा विक्षिप्त भएर फर्किएका नेपालीलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बामदेव गौतमले देशमा सुशासन कायम गर्न वर्णाश्रम व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै वर्णाश्रमको व्यवस्थाले जातियताको रूप लिएको हुनाले अन्त्य गर्नुपर्नेमा सरकारसँग माग गर्नुभयो । नेकपा (एमाले) का तुलसाकुमारी दाहालले नेपालका अल्पसङ्ख्यक समुदाय राउटेलाई सरकारले उचित संरक्षण, सेचतनाको विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नेपालमा एक सय ४५ राउटे ४२ परिवारमा बाँडिएर बस्ने गरेका र सरकारले सामाजिक सुरक्षा भत्तास्वरूप प्रतिव्यक्ति रु चार हजार दिने गरेको पनि सदुपयोग हुन नसकेको बताउनुभयो । नेपाली कांग्रेसका युवराज शर्माले सामान्य जनताले थोरै मात्रामा ल्याएको खाद्य सामाग्रीलाई सीमा नाकामा समात्ने तर ठूला तस्करहरूलाई लाइन मिलाएर छोडिदिन गरेको कार्यप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र लक्ष्मी गैरेले एमसीसीमार्फत राष्ट्रिय गौरवको आयोजनामा विद्युत् प्रसारण लाइन पाँच वर्षभित्र सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ५–६ प्रतिशत मात्र काम भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टी नेपाल मोहमद खालिदले मुस्लिम समुदायको मदरसा शिक्षालाई अझै पनि राज्यले मान्यता नदिएको तथा यस विषयमा सरकार सधैँं उदासीन हुँदै आएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहले सरकारले कृषि मलमा दिँदै आएको अनुदान कटौतीको निर्णयलाई फिर्ता लिएर सराहनीय काम गरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले नागरिकताविहीन नागरिकको समस्यालाई पनि छिट्टैै समाधान गर्नेमा आफू विश्वस्त रहेको सुनाउनुभयो । राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले छुवाछूत अन्त्य र दलितको उत्पीडनको अन्त्यका लागि राष्ट्रियसभाको अघिल्लो बैठकले सङ्कल्प प्रस्ताव पारित गरे पनि छुवाछूत र जातीय विभेदका घटना बढ्दै गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

स्वतन्त्र सांसद खिमलाल देवकोटाले धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन चितवनस्थित क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिएर बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माले शान्ति प्रक्रियाका बाँकी काम वर्तमान सरकारले पूरा गर्नेमा आफू विश्वस्त रहेको र वर्तमान सरकारले गरेको पछिल्लो केही निर्णयह सकारात्मक रहेको दाबी गर्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares