बिर्तामोड

सहाराको एकीकृत कर्मचारी संगठनको अध्यक्षमा घिमिरे

सहाराको एकीकृत कर्मचारी संगठनको अध्यक्षमा घिमिरे


बिर्तामोड । सहारा नेपाल साकोस एकीकृत कर्मचारी संगठनको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संगठनको अध्यक्षमा यादव प्रसाद घिमिरेलाई चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

शनिवार भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेक प्रसाद अधिकारी, उपाध्यक्ष टोम प्रकाश दाहाल, महिला उपाध्यक्षमा रमिता गुरुङ, सचिवमा सालिकराम भट्टराई, कोषाध्यषमा विश्वास निरौला र उपसचिवमा कुल प्रसाद प्रसाईलाई चयन गरेको छ ।

यस्तै, सदस्यहरुमा युवराज दर्लामी मगर, विशाल निरौला, किशन मुर्मु, भविन्द्र तुम्बापो, रेवती प्रसाद घिमिरे, विष्णु घिमिरे, महिला सदस्यमा अञ्जना श्रेष्ठ र गौरी सुवेदी चयन भएका छन् ।

बिर्तामोडमा भएको महाधिवेशनमा प्रमुख अतिथी कोशी प्रदेशका उधोग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले सहारा नेपाल सहकारीहरुमध्ये सफल सहकारी भएको बताएका छन् । उनले सहकारी सफल हुनुमा कर्मचारीको भूमिका महत्वपूर्ण भएको बताए ।

पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिएको भन्दै सचेत भएर कारोवार गर्नुपर्ने उनको धारणा थियो । मन्त्री सिटौलाले सहाराले मुलुकमै गर्विलो पहिचान बनाएको भन्दै आवद्ध सबैलाई धन्यवाद समेत दिएका छन् ।
कार्यक्रममा सहारा नेपालका अध्यक्ष हरि प्रसाद राजवंशीले कर्मचारी र समितिबीच नङ मासुको सम्बन्ध भएकाले सफलता प्राप्त गरेको बताए । उनले संस्थालाई आम सदस्यहरुप्रति थप सेवामुखी बनाउन कर्मचारीहरुको भूमिका रचनात्मक बन्नुपर्ने धारणा राखे ।

शेयर गर्नुहोस :

0
Shares