बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला चयन भएका छन् । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनले निरौलाको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा गोमा भट्टराई, उपेन्द्र वानियाँ, सचिव केदार खनाल, सहसचिव किरण पौडेल, कृष्णप्रसाद अधिकारी ,कोषाध्यक्ष अमित वुढाथोकी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, सञ्जय शाह, सेखर दाहाल, चिरञ्जीवी प्याकुरेल, हरी राजवंशी, गणेश कोइराला, राजन निरौला (युवराज) , युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, शुस्मा गौतम रहेका छन् । अन्य सदस्यहरु मनोनित गरिने बताइएको छ ।
बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षता तथा प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।







प्रतिक्रिया