झापा

अमृताको पहिलो कृति ‘चैतु काका’को लोकार्पण

अमृताको पहिलो कृति ‘चैतु काका’को लोकार्पण


मेचीनगर । मेचीनगर–९ की अृमता पाठक चौलागाईंको पहिलो कृति ‘चैतु काका’ कथा संग्रहको शनिवार लोकार्पण भएको छ ।

कृतिको लोकार्पण प्राज्ञसभा सदस्य विवश पोखरेल र लेखकका बुबा कपिलमुनि पाठक, आमा कमलादेवी पाठक, सासु अम्बिकादेवी चौलागाई र ससुरा कृष्णप्रसाद चौलागाईंले संयुक्त रुपमा गर्नुभएको हो ।

ईन्द्रेणी महिला साहित्यिक मञ्च मेचीनगरको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञसभा सदस्य विवश पोखरेल, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, साहित्यकार राम कट्टेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कथा संग्रहमा १६ वटा कथा समावेश गरिएको छ । पुस्तकको समीक्षा नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले गर्दै कृति सामाजिक यथार्थमा आधारित भएको बताउनुभयो ।

इन्द्रेणी महिला साहित्यिक मञ्चकी कार्यवाहक अध्यक्ष लीना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खिलु खनाल रेग्मीले स्वागत मन्तव्य र मुना रानाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

शिक्षक समेत रहनु भएकी कृतिकार चौलागाई लोकतन्त्र पोस्ट दैनिकको स्तम्भकार समेत हुनुहुन्छ ।

कार्यक्रममा कवि शिरोमणि माविकी कक्षा ११ की छात्रा उषा निरौलालाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा कृतिकार पाठकलाई आयोजक इन्द्रेणी साहित्यिक मञ्चका तर्फबाट सम्मान गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares