Banner news

बिर्तामोडको बुधबारे हटियामा नगर विकास कोषले ९० प्रतिशत लगानी गर्ने प्रतिवद्धता

बिर्तामोडको बुधबारे हटियामा नगर विकास कोषले ९० प्रतिशत लगानी गर्ने प्रतिवद्धता


बिर्तामोड । नगर विकास कोषले बिर्तामोड– ५ को प्रस्तावित बहुउद्देश्यीय व्यवसायिक भवन निर्माणमा ९० प्रतिशत लगानी गर्ने जनाएको छ ।

बिर्तामोड नगरपालिकालाई कोषले पत्रचार गर्दै आज आयोजनाको आर्थिक मुल्याङकन गरी कुल लागतको अधिकतम ९० प्रतिशत लगानी गर्ने प्रष्ट बनाएको छ ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पत्रचार गर्दै आवश्यक खरिद प्रक्रिया पुरा गरि अध्ययनको क्रममा रहेको जानकारी दिएका छन् । उक्त पत्रले भवन निर्माणको लगानीमा सुनिश्चित भएको छ ।
नगरपालिकाले व्यवसायिक भवन निर्माणका लागि ठाउँ खाली गर्न गत शुक्रवार साँझ अन्तिम माइकिङ गरिसकेको छ ।

शेयर गर्नुहोस :

0
Shares