बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको बुधबारे हटिया खाली गराउन डोजर चलाइएको छ । साढे १२ बजेदेखि नगरपालिकाले हटियामा डोजर चलाउन थालेको हो ।
बजारको पूर्व भागबाट डोजर लाउन थालिएको छ । डोजर चलाउन थालेपछि अगाडिको भागमा रहेका व्यापारीहरुले सामान हटाउन थालेका छन् । व्यापारीहरु सामानसहित भागाभागको अवस्था बनेको छ । उनीहरुलाई बिर्तामोड नगरपालिकाले पटक–पटक सूचना जारी गरेर ठाउँ खाली गरिदिन आग्रह गरेको थियो । व्यापारीहरुले नगरपालिकाको सूचनालाई उल्लंघन गर्दै ठाउँ खाली गर्न मानिरहेका थिएनन् ।
उक्त ठाउँमा नगर विकास कोषको लगानीमा बहुउद्देश्यीय व्यापारीक भवन बनाउने निर्णय भइसकेको छ । कोषले आइतवार नगरपालिकालाई पत्रचार गर्दै ९० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । राजनीतिक दलहरुको सहमतिमा नगरपालिकाले पार्किङसहितको भवन बनाउने तयारी गरेको छ ।










प्रतिक्रिया