बिर्तामोड । नेकपा एमाले जिल्ला कमिटी झापालाई १० कठ्ठा जमिन सहयोगमा प्राप्त भएको छ । एमालेका पुराना निष्ठावान व्यक्तित्वका रुपमा परिचित डिल्ली सिटौलाले जमिन निशुल्क उपलब्ध गराएका हुन् ।

विहीवार नेकपा एमालेको नाममा १० कठ्ठा जग्गा दाताले पास गरिदिएको जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिए । उनका अनुसार जग्गा दाता, पार्टीका सचिव शिव ढुङगेलसहित मालपोत पुगेर जग्गा पार्टीको नाममा पास गरिएको छ । सहयोग वापत प्राप्त जमिन नजिकै केहि जग्गा पार्टीले खरिद गर्ने अध्यक्ष कार्कीको भनाई छ ।
पार्टीका सचिव ढुङगेलले जिल्ला पार्टी कार्यालय साँगुरो भइरहेको बेलामा दाताबाट जमिन प्राप्त भएको प्रतिक्रिया दिएका छन् । सो जमिनमा जिल्ला कार्यालय निर्माण गर्ने बताए । उनले प्रशिक्षण केन्द्र विकास गर्ने गरी जिल्ला कार्यालय बनाइने बताए । पार्टीको आमसभा बाहेकका सबैखाले कार्यक्रम गर्न मिल्ने, पुस्तकालयसहितको पार्टी कार्या निर्माण गर्ने योजना गरेको ढुङगेलले जानकारी दिए । बिर्तामोड २ चारपाने दक्षिण १ किलोमिटरमा जमिन प्राप्त भएको छ ।







प्रतिक्रिया