Banner news

‘पत्रकार महासंघ झापाले सदस्यता शुद्धिकरण मापदण्ड पालना गरेन’

‘पत्रकार महासंघ झापाले सदस्यता शुद्धिकरण मापदण्ड पालना गरेन’


बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य अच्यूतराज सुवेदीले सदस्यता शुद्धिकरणमा मापदण्डको पालना नभएको बताएका छन् । पत्रकार महासंघ झापाको शनिवार सम्पन्न बैठकले शुद्धिकरणका नाममा पूर्वाग्रह देखाएको आरोप लगाए ।

महासंघका कार्यसमिति सदस्य सुवेदीले सदस्यता शुद्धिकरण मापदण्ड-२०७९ को पालना नगरी सिफारिस गरेको भन्दै असहमति जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै मापदण्डमा पर्नेहरुलाई छुटाएको र नपर्ने सदस्यहरुलाई पूर्वाग्रह राखेर सिफारिस गर्न लागेको जनाएका छन् ।

सदस्य सुवेदीले मापदण्ड अनुसार सदस्यता शुद्धिकरण गर्नुपर्ने आफ्नो माग रहेको भन्दै आफुखुशी मापदण्ड बनाएर गरिएको शुद्धिकरण मान्य नहुने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ शुद्धिकरण मापदण्डमा नपर्ने पत्रकारहरुलाई पूर्वाग्रही ढंगबाट नाम समावेश गरिएको र मादण्डमा पर्ने, पत्रकारिताभन्दा बाहिर रहेका निस्क्रिय व्यक्तिलाई शुद्धिकरणमा समावेश नगरिएकाले झापामा अविलम्ब निष्पक्ष, पारदर्शी र मापदण्डको पूर्ण पालना हुने गरी छानविन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समिति समक्ष जोडदार माग गर्दछु ।’

सुवेदीको विज्ञप्ति

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बमोजिम देशभर शुद्धिकरणको काम सञ्चालन भइरहेको छ । सोही बमोजिम झापामा समेत शुद्धिकरणको प्रक्रिया सञ्चालनमा रहेको सबैमा अवगत छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा बनेको कार्यदलले कार्यसमितिलाई शुद्धिकरणको नाममा केही सदस्यहरुको नाम बुझाएको थियो । २०८० जेठ २७ गते शनिवार कार्यसमितिको बैठकमा उक्त सूची पेश गरिएकोमा मापदण्डभन्दा बाहिर गएर नामहरु समावेश भएको पाइएकाले मैले बैठकमा नै असहमति जनाएको व्यहोरा अवगत गराउ“दछु ।

सदस्यता शुद्धिकण मापदण्ड २०७९ को कार्यान्वयनमा मेरो समर्थन रहेको सुरुवातदेखि नै जानकारी गराएको हु“ । तर, झापामा सदस्यता शुद्धिकरणका नाममा उक्त मापदण्डभन्दा बाहिर आफूखुसी मापदण्ड बनाएको सबैमा स्पष्ट पार्दछु । सदस्यता शुद्धिकरण मापदण्डमा १५ बु“दाले सदस्यहरुको शुद्धिकरण गर्ने हो । तर पत्रकार महासंघ झापाले मापदण्ड विपरित सदस्यहरुको नाम सिफारिस गर्ने तयारी गरेको हु“दा त्यसमा मेरो असहमति रहेको स्पष्ट पार्दछु । जिल्ला शाखाको बैठकमा मेरो उपस्थिति रहेको र बैठक पुस्तिकामा मेरो हस्ताक्षर देखिएता पनि शुद्धिकरण सम्बन्धी प्रस्ताव माथि छलफल हु“दा मापदण्डलाई अपव्याख्या गर्दै निर्णय गरिएकोले मैले असहमति जनाउन ‘नोट अफ डिसेन्ट’ लेख्न खोज्दा सो गर्न पनि नदिएकाले यो प्रेस विज्ञप्ति जारी गर्न बाध्य भएको छु ।

शुद्धिकरण मापदण्डमा नपर्ने पत्रकारहरुलाई पूर्वाग्रही ढंगबाट नाम समावेश गरिएको र मादण्डमा पर्ने, पत्रकारिताभन्दा बाहिर रहेका निस्क्रिय व्यक्तिलाई शुद्धिकरणमा समावेश नगरिएकाले झापामा अविलम्ब निष्पक्ष, पारदर्शी र मापदण्डको पूर्ण पालना हुने गरी छानविन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समिति समक्ष जोडदार माग गर्दछु ।

मापदण्ड बमोजिम शुद्धिकरण हुनुपर्छ भन्दाभन्दै बहुमतका नाममा मापदण्ड विपरित भएको सदस्यता शुद्धिकरण र नया“ सदस्यहरुको सिफारिसप्रति मेरो विमति रहेको यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउ“दछु ।

बोधार्थ
१. नेपाल पत्रकार महासंघ केन्द्रीय समिति
२. नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति

शेयर गर्नुहोस :

0
Shares