Banner news

बिर्तामोडमा कुटिए कचनकवलका वडा अध्यक्ष , कुटपिटमा संलग्न पक्राउ

बिर्तामोडमा कुटिए कचनकवलका वडा अध्यक्ष , कुटपिटमा संलग्न पक्राउ


बिर्तामोड । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ग्यास अजमल मियालाई कुटपिट गर्नेलाई इलाका प्रहरी कार्यलय अनारमनीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष मियाँलाई कुटपिट गर्ने मेचीनगर ६ का विजय पनेरुलाई नियन्त्रणमा लिएको बितामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए । बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडा अध्यक्ष मियामाथि बिहीबार विहान अस्पताल गेटसँगै टाँसिएको मुख्य सडकमा कुटपिट भएको थियो ।

पनेरुले हेलमेट प्रहार गरी वडाध्यक्षलाई कुटपिट गरेको बताइएको छ । वडा अध्यक्ष मिया श्रीमतीसहित आफ्नो कारभित्र बसिरहेको बेला पनेरुले अन्धाधुन्ध हेलमेट प्रहार गरेको थिए । प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको बेला सडकमा लडेका थिए । अस्पतालबाट निस्कदै गर्दा वडाध्यक्ष सवार गाडिमा पनेरु ठोक्किएर लढेको बुझिएको छ ।

त्यही निहुँमा उनले कारभित्र रहेका वडा अध्यक्ष मियामाथि सांघतिक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिटबाट वडा अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाभए लगतै कुटपिटमा संलग्न पनेरु मोटरसाइकल चढेर भाग्न खोज्दा स्थानीयको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ । उजुरी पश्चात कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares