बिर्तामोड

हेल्प नेपालको शुभारम्भ

हेल्प नेपालको शुभारम्भ


बिर्तामोड । झापाको बिर्तामोडमा हेल्प नेपाल नामक संस्थाको कार्यलय शुभारम्भ गरिएको छ । वातावरण संरक्षण गर्ने मुख्य उद्देश्य राखेर स्थापना गरिएको हेल्प नेपालको बिहीवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।

फोहोरको वर्गीकरण गर्न नागरिकलाई सचेत गराउदै वातावरण संरक्षणमा विशेष योगदान गर्ने उद्देश्यले हेल्प नेपालको स्थापना गरिएको अध्यक्ष बद्री भट्टराईले जानकारी दिए । उनका अनुसार फोहोर व्यवस्थापन, फोहोरको वर्गीकरण, नागरिकमा सचेतना फैल्याउदै वातावरण संरक्षणमा योदान गरिनेछ ।

कार्यक्रममा फोहोरको विभिन्न वर्गीकरण गरेर व्यवस्थापन गर्न अभ्यास गरिएको थियो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुलीले फोहोरको प्रकृति बमोजिम व्यवस्थापन गरेर देखाएका थिए ।

संस्थाको सचिव हेमकला कट्टेलले वातावरण संरक्षणमा सबैको दायित्व बराबरी भएको बताइन् । उनले सबै नागरिकले लिने हावा एउटै भएको र बाँच्ने वातावरण उस्तै भएको तर्क दिदैं वातावरण संरक्षणमा सबैले लाग्नुपर्ने सूझाव दिइन् ।

सोही अवसरमा हेल्प नेपालले बिर्तामोडको चोक क्षेत्रमा फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सकिने भाँडोको व्यवस्थापन समेत मिलाएको छ ।

शेयर गर्नुहोस :

0
Shares