Banner news

बिर्तामोडका ३२ वटा कृषक समुहलाई मकै छोडाउने मेशिन हस्तान्तरण

बिर्तामोडका ३२ वटा कृषक समुहलाई मकै छोडाउने मेशिन हस्तान्तरण


बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक समुहहरुलाई मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ । एक कार्यक्रमका विच नगरको कृषि विकास शाखाले उक्त मेशिन हस्तान्तरण गरेको हो ।

७० प्रतिशत लागत अनुदानमा नगरका ३२ वटा कृषक समुहहरुलाई मशिन हस्तान्तरण गरिएकोे नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

मेशिन प्राप्त गर्ने समुहहरुमा बिर्तामोड २ को चारपाने पाथिभरा कृषक समुह, निरन्तर कृषक समुह, लालीगुराँस कृषक समुह, वरगाछी महिला कृषक समुह, श्री भगवती कृषक समुह, ओमकार कृषक समुह, जनजागृति कृषक समुह, बिर्तामोड ३को गरमकाली महिला कृषक समुह, सूर्यनगर कृषक समुह, अनारमनी कृषक समुह, बिर्तामोड ४को विषेश्वर कृषक समुह, बिर्तामोड ६ को कलामार्ग कृषक समुह, बिर्तामोड ७को रामनगर कृषक समुह, परोपकार कृषक समुह, डाँडा गाउँ कृषक समुह, प्रवेश कृषक समुह, नव दुर्गा कृषक समुह, प्रगतिशिल मिश्रित कृषक समुह रहेका छन् ।

यस्तै बिर्तामोड ८ को पहिलो पाइला कृषक समुह, जागृति कृषि विकास कृषक समुह, पञ्चायन कृषक समुह, नमुना बाख्रा पालन कृषक समुह, देवनिया कृषक समुह, किसनभिट्टा व्यवसायी पशुपालन कृषक समुह, ज्योतिनगर कृषक समुह, करेसावारी कृषक समुह, अनमोल कृषक समुह, नवजागरण कृषक समुह, बिर्तामोड ९ को पानीटंकी कृषक समुह, कोलाटोली कृषक समुह, सूर्य कृषक समुह र नडीयावारी कृषक समुह रहेका छन् ।

मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कृषकहरुलाई कृषि उत्पादनलाई बढाएर व्यवसायिक बन्न आग्रह गरेका छन् । अर्गानिक तरकारी उत्पादनमा जोड दिँदै उनले नगरपालिकाले कृषि क्षेत्रमा गरेको लगानीको प्रतिफल सोचे अनुसारको नभएको गुनासो गरेका थिए ।

यहाँ प्रयाप्त मात्रामा तरकारी उत्पादन नहुँदा भारतबाट आएको विषादीयुक्त तरकारी खान बाध्य हुनु परेको भन्दै नगर उपप्रमुख संग्रौलाले हस्तक्षेपकारी ढंगले उत्पादन बढाउनु पर्ने बताएका छन् । उनले कृषिथोक बजारमा रहेको विषादी मापन केन्द्रमा भारतबाट आएको सबै तरकारीको जाँच भईरहेको जानकारीसमेत दिएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ६का वडाअध्यक्ष सूर्य कन्दङ्गवाले नगरपालिकाले प्रदान गरेको कृषि मेशिन तथा औजारको राम्रोसंग उपयोग गर्न आग्रह गरेका छन् । उनले सबै कृषकहरु उत्पादनशिल कार्यमा लाग्नसमेत जोडदिए ।
नगरपालिकाको आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित मकै छोडाउने मेशिन हस्तान्तरण कार्यक्रममा वडा सदस्य हरि वाँस्कोटा, खडानन्द निरौला लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares