बिर्तामोड । अनेरास्ववियु झापाको जारी निर्वाचनमा मतदान सम्पन्न भएको छ । आजै गणना समेत सक्ने तयारी गरिएको छ । दिउँसो ३ बजेदेखि मतदान सुरु भएको थियो ।
नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको निर्वाचनमा प्रतिनिधिहरु मतदान गरेका हुन् । ७ सय ३ प्रतिनिधि रहेको निर्वाचनमा ६ सय ८८ मत खसेको छ ।

जेठ २९ गते उद्घाटन भएको २१ औं जिल्ला अधिवेशन सहमतिका लागि स्थगित गरिएको थियो । सहमति प्रयास विफल भएपछि निर्वाचन गरिएको हो । अनेरास्ववियु झापाको अध्यक्षमा नारायण पोखरेल र बलराम गिरी उम्मेदवार रहेका छन् ।







प्रतिक्रिया