बिर्तामोड । प्रेस चौतारी झापाले मापदण्ड विपरित शुद्धीकरण गर्ने नेपाल पत्रकार महासंघ झापाको नेतृत्व विरुद्ध कडा आन्दोलन घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै चौतारीले ३ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार महासंघ झापाले आफुखुशी मापदण्ड बनाएर पूर्वाग्रही ढंगबाट शुद्धीकरणका नाममा सक्रिय पत्रकारहरुको नाम सिफासिर गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । चौतारीले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष र उपाध्यक्ष सहभागी भएको कार्यक्रमहरुमा प्रेस चौतारी झापाका कोही पनि सदस्यहरु सहभागी नहुने , तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, सामाजिक संघ–संस्थाहरुले आफ्नो कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष र उपाध्यक्षलाई सहभागी नगराउन अनुरोध गर्ने, शुद्धिकरण अभियानका सन्दर्भमा भएका गलत कार्यहरु विरुद्ध महासंघ झापा शाखाका पूर्व अध्यक्षहरु, पत्रकारजन्य संगठनका अध्यक्षहरु, प्रेस क्लबका अध्यक्षहरु, शुद्धिकरणका नाममा अन्यायमा पारिएका महासंघका सदस्यहरुसँग छलफल अन्तरक्रिया गर्ने कार्यक्रम घोषणा गरेको छ ।
प्रेस चौतारीको विज्ञप्ति
हामी आन्दोलनमा छौं
मितिः २०८०/०३/०३
नेपाल पत्रकार महासंघ झापा शाखाले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ विपरित ंबहुमतका नाममा गरेको सदस्यता शुद्धिकरण सिफारिस पूर्वाग्रहप्रेरित रहेको विषयमा हामीले यसअघि नै धारणा सार्वजनिक गरिसकेका छौं । पत्रकारितामा निरन्तर सक्रिय रहेका प्रेस चौतारी सम्बद्ध पत्रकारहरु र अन्य केही साथीहरु वर्तमान महासंघ कार्यसमितिको नजरमा निस्क्रिय देखिनु वा अन्य पेसामा आवद्ध रहेको पाउनु उहाँहरुको दृष्टिदोष शिवाय अरु केही हुन सक्तैन । महासंघको वर्तमान शाखा कार्यसमितिकै पदाधिकारीहरु पत्रकारिताभन्दा बाहिर को कहाँ के पेसा ब्यवसाय गरेर जिवीकोपार्जन गरिरहनु भएको छ भन्ने कुरा नाङ्गो आँखाले नै देखिन्छ । तर उहाँहरुकै नेतृत्वले दिनहुँ समाचार लेखिरहने पत्रकारलाई गैरपत्रकारको बिल्ला भिराएर बदनाम गरिरहेको कुरा वर्तमान धरातलीय यथार्थ हो । यही यथार्थलाई दृष्टिगत गरी हाम्रो संगठनले २०८० जेठ ३२ गतेदेखि सांकेतिकरुपमा आन्दोलन गरिरहेको यहाँ स्मरण गराउँदछु ।
पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानप्रति प्रेस चौतारी नेपाल झापा शाखा स्वागत र सम्मान गर्दछ । तर सदस्यता शुद्धिकरणका नाममा आफूखुसी मापदण्ड बनाएको, पत्रकार महासंघ झापाले कार्यसमितिका सदस्यहरुले नै असहमति जनाउँदा पनि मापदण्ड विपरित सदस्यहरुको नाम सिफारिस गरेकोले हामी आन्दोलनमा जान बाध्य भएको हौं । हामी शान्तिपूर्ण आन्दोलनमा रहेकै बेला आज नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले सदस्यता शुद्धिकरणमा देखिएको समस्या र शाखाहरुमा भएका आन्दोनलाई सम्बोधन गरेको विषयलाई प्रेस चौतारी झापाको विस्तारित बैठकले सकारात्मक रुपमा लिएको छ । सदस्यता शुद्धिकरण मापदण्ड पालना गर्न गराउन प्रदेश समितिले देखाएको प्रतिवद्धता पूरा गरोस् । शाखाहरुबाट शुद्धिकरणका नाममा सिफारिस भइआएका नामहरु सार्वजनिक नहुन्जेसम्मका लागि हाम्रा आन्दोलनका निम्न कार्यक्रमहरु जारी नै रहने यसै विज्ञप्तिमार्फत् सबैमा जानकारी गराउँदछु ।
मनकुमार गदाल
अध्यक्ष







प्रतिक्रिया