बिर्तामोड । अखिल नेपाल महिला संघ अर्जुनधारा– ११ ले वडाभित्रका बुहारीहरुलाई सम्मान गरेको छ । एक वर्ष यता विवाह गरेर आउने बुहारीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ११ जना बुहारीलाई सम्मान गरिएको छ । विभिन्न ठाउँबाट विवाह गरी आफ्नो वडामा बुहारी भई आएकाहरुलाई सम्मान गरिएको अनेमसंघ अर्जुनधारा ११ ले जनाएको छ । घर परिवारबाट नयाँ जीवनका लागि नयाँ ठाउँ आउनेहरुलाई साथमा छौं भन्ने सन्देश दिन सम्मान कायृक्रमको आयोजना गरिएको बताइएको छ । आगामी दिनमा यसै ठाउँका दिदीबहिनीसँग पारिवारिक र सामाजिक यात्रा अघि बढाऊदै सुन्दर र उदारहणीय वडा बनाऊन लाग्ने अधिकांशको संकल्प थियो ।

अखिल नेपाल अर्जुनधारा ११ को अध्यक्ष गोमा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । युवा संघ नेपाल केन्द्रीय सदस्य एवम् नेकपा एमाले अर्जुनधारा नगर कमिटी सचिवालय सदस्य रोजिना पाण्डे, नेकपा एमाले वडा नं. ११ का अध्यक्ष बीपी कोइराला, वडाध्यक्ष खगेन्द्र इंग्नाम, वडा सदस्य केशव अधिकारी, पुर्ण बहादुर राई, सुशिला गिरी, अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य इन्दिरा पोखरेल , धनमाया गौतम लगायतको आतिथ्यता रहेको थियो ।
सञ्चालन सदस्य कमला रिमाल र स्वागत मन्तव्य मीना दाहाल गरेको कार्यक्रममा वडाध्यक्ष इङनाम, युवा संघ नेतृ पाण्डे, बीपी कोइराला, धनमाया गौतम लगायतले मन्तव्य राखेका थिए ।







प्रतिक्रिया