बिर्तामोड । अनेरास्ववियु झापाले राष्ट्रपतिको उपचार खर्चका लागि जिल्लाभर १ रुपैयाँ संकलन अभियान सञ्चालन गरिहरेको छ । अनेरास्ववियुले सबै क्याम्पस र पालिका कमिटी मार्फत १ रुपैयाँ संकलन गरिरहेको झापा इञ्चार्ज रोशन लामाले जानकारी दिए ।

अनेरास्ववियु केन्द्रीय कमिटीको सर्कुलर बमोजिम राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रले पत्राचार गरेपछि देशव्यापी रुपमा सहयोग संकलन अभियान सुरु गरिएको लामाले जानकारी दिए ।
आज झापाको बिर्तामोडमा बिर्तामोड नगर कमिटीले १ रुपैयाँ संकलन अभियान सञ्चालन गरेको थियो । अनेरास्ववियु झापाका अध्यक्ष बलराम गिरीले जिल्लाभर उक्त अभियान व्यापक रुपमा सञ्चालन भइरहेको बताए । उनका अनुसार हुलाक मार्फत राष्ट्रपतिलाई संकलित सहयोग रकम पठाइने छ ।







प्रतिक्रिया