Banner news

बिर्तामोड नगर अस्पतालमा स्वास्थ्यकर्मीलाई ‘टर्चर’ गर्नेलाई कारबाही गरिने

बिर्तामोड नगर अस्पतालमा स्वास्थ्यकर्मीलाई ‘टर्चर’ गर्नेलाई कारबाही गरिने


बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा पटक–पटक स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई ‘टर्चर’ गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याईने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा देव संग्रौला नाम गरेका व्यक्तिले अस्पतालमा पटक–पटक दुव्र्यवहारजन्य काम गरेपछि उनलाई कारबाहीको दायरामा ल्याउने तयारी भएको हो ।

विरामी बेगर रेफर पेपर मागेपछि स्वास्थ्यकर्मीले दिन नमिल्ने बताउँछन् । विरामी लिएर आउनु भन्दाभन्दै सोही विषयलाई विवाद गरेर फेसबुकमा पोष्ट गरिएको छ ।

बिहीवार संग्रौलाको फेसबुकबाट लाइभ गर्दै नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई ‘टर्चर’ गरिएको भिडियो सार्वजनिक भएको छ । अस्पतालभित्र स्वास्थ्य जाँच गरिरहेको अवस्थामा ‘टर्चर’ गरेपछि कारबाहीको माग भएको छ ।

अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले विभिन्न समयमा अस्पतालमा आउदै काम गरिरहेको अवस्थामा संग्रौलाले दुख दिने गरेको बताएका छन् । उनीहरुले पछिल्लो घटनाका बारेमा बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई जानकारी गराएका छन् । कार्यवहाक प्रमुख संग्रौलाले बिर्तामोडका डिएसपी सुरज कार्कीलाई अस्पतालभित्रको गतिविधिका बारेमा जानकारी गराएको बताए । उनका अनुसार अस्पताल समितिको शनिवार बस्ने बैठकले संवेदनशिल ठाउँ अस्पतालमा अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही लागि आवश्यक प्रक्रिया अघि बढाइने छ ।

कार्यवहाक नगर प्रमुख नगेन्द्र संग्रौलाले अस्पतालभित्र कुनै कमजोरी भए त्यसको सन्दर्भमा उजुरी गर्ने ठाउँ भएको बताए । उनले भने – कुनै समस्या भए नगरपालिकामा आएर उजुरी गरे हुन्छ । कारबाही गर्छौ । तर, विरामीहरु उपचार गर्ने ठाउँमा गएर हप्काउने, थर्काउने काम गर्न कसैले पाउदैन । उनले खवरदारी गर्ने विधि भएको भन्दै अराजकता मच्चाउनेलाई छाडा नछोड्ने बताए ।

बिर्तामोड–४ का देव संग्रौला युवा नागरिक समाजमा आवद्ध छन् । उनी सोही संस्थाको उपाध्यक्षको बलबुतामा पछिल्लो गतिविधि गर्दै आएका छन् । केहि समयअघि सोही अस्पतालमा उनले अभद्र व्यवहार देखाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

यस सन्दर्भमा संस्थाका अध्यक्ष केशव भण्डारीले संग्रौलाको सबै गतिविधिको जिम्मेवारी लिन नसकिने बताएका छन् । भण्डारीले भने, ‘नगर अस्पतालको घटनाका बारेमा जानकारी छ । संस्थाले जिम्मेवारी लिने नलिने भन्ने बारेमा छलफलबाट निर्णय गर्छौ ।’

अध्यक्ष भण्डारीले युवा नागरिक समाजले तल्लो वर्गमा रहेका नागरिकको अधिकारको निम्ति क्रियाशिल भएको दावी गरेका छन् । उनले फेसबुकबाटै सबै विषयहरुको समाधान नहुने पनि स्वीकार गरेका छन् । बिर्तामोड नगर अस्पतालमा भएको घटनामा आफ्नो उपाध्यक्षको तर्फबाट गल्ती भए माफी माग्नुपर्ने उनको तर्क छ ।

स्वास्थ्यकर्मीहरुले संग्रौलालाई हेपेपछि फेसबुक लाइभ गरेको भण्डारीको दावी छ ।

संग्रौलाले अस्पतालमा पटक–पटक तर्साउने काम गरेको भन्दै स्वास्थ्यकर्मीहरुले यस प्रकारको गतिविधि भइरहे सेवा दिन कठिनाई हुने बताएका छन् ।

शेयर गर्नुहोस :

108
Shares