बिर्तामोड । कोशी प्रदेशका मुख्यन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका हुन् ।
‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ’ – थापाले भने, ‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’
विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राखेका छन् । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको उनको भनाइ थियो ।







प्रतिक्रिया