Banner news

बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मुल्याङ्कनमा प्रथम

बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मुल्याङ्कनमा प्रथम


बिर्तामोड । बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मुल्याङ्कनमा प्रथम भएको छ । आर्थिक वर्ष २०७९-०८०को स्वास्थ्य तर्फको वार्षिक समिक्षा कार्यक्रम अन्तर्गत विभिन्न सुचाङ्क मुल्याङ्कनका आधारमा नगर अस्पताल प्रथम भएको हो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी र तथ्याङ्क अधिकृत चुडामणि लुइटेल सहितको उपस्थितिमा आज (शनिबार) नगरपालिकामा आयोजित समिक्षात्मक कार्यक्रमबाट नगर अस्पताल प्रथम भएको मुल्याङ्कन गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीलाई कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी र स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले संयुक्तरुपमा प्रथम भएको प्रमाण पत्र प्रदान गरेका छन् ।

यस्तै सेवा प्रवाह मुल्याङ्कनमा वडा नम्बर ८ मा रहेको गरामनी आधारभुत स्वास्थ्य चौकी द्वितिय र वडा नम्बर ६ को आधारभुत स्वास्थ्य केन्द्र तृतिय भएको छ । द्वितिय र तृतिय स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैविच नगरपालिकाले उत्कृष्ट २ जना कर्मचारीलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । बिर्तामोड नगर अस्पतालकी सिअनमी अधिकृत ओमकुमारी गुरुङ र बिर्तामोड नगर अस्पतालका निरीक्षक अजय विश्वकर्मालाई सम्मान गरिएको हो ।

गुरुङलाई आमा सुरक्षा, परिवार योजना लगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमलाई प्रवर्धन गर्न, स्वास्थ्य सेवालाई समुदाय स्तरमा स्थापित गर्न महत्वपुर्ण योगदान पुर्याए वापत र विश्वकर्मालाई क्षयरोग, कुष्ठरोग लगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरुलाई प्रवद्र्धन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरे वापत सम्मान गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्टले जानकारी दिए ।

सम्मानितहरुलाई कार्यवहाक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य यमुना आचार्य, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी, नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्ट लगायतले दोसल्ला ओढाएर नगद सहित सम्मान पत्र प्रदान गरे । बिर्तामोड नगरपालिका क्षेत्र भित्र नगर अस्पताल सहित ११ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।

कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले नगर अस्पतालको भौतिक संरचना व्यवस्थित गर्ने कार्र्य भईरहेको बताए । अस्पताल अहिले बालक नै रहेको र यसलाई वयस्क बनाउने जिम्मा स्वास्थ्यकर्मीहरुकै रहेकाले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने बताएका छन् । उनले जनघनत्वको हिसावले बिर्तामोड ठुलो रहेका कारण अन्य पालिका कै हिसावले बिर्तामोडलाई नहेर्न स्वास्थ्य कार्यालय मार्फत सरकारलाई आग्रह गरे ।

आवश्यक बजेटको अभावमा भएपनि नगर अस्पतालमा धेरै काम गरेको भन्दै उनले नागरिकमैत्री सेवा प्रभाव गर्न कर्मचारीहरुलाई सुझाव दिए । नगर अस्पतालमा बीमा सेवा, २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा ,सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवाहरु उपलव्ध छन् । डाइलोसिस सेवा, २४ सै घण्टा इमरजेन्सी सेवार थाइराइड टेष्ट लगायतका अन्य महत्वपुर्ण सेवा प्रवाह गर्ने तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares