बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ ले आजदेखि आफ्नै नयाँ भवनबाट सेवा दिने भएको छ । आजदेखि नवनिर्मित भवनबाट सेवा दिने वडा अध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।

हालसम्म गरामनीस्थित संयुक्त वडा कार्यालयबाट सेवा दिएको ७ नं. ६ वर्षपछि आफ्नै भवनमा सरेको छ । बिर्तामोडको वडा नं. ७,८ र ९ नं. वडाको सेवा गरामनीमा एकै भवनबाट प्रदान गर्ने गरिएको थियो ।
वडा नं. ७ को नयाँ भवन जनता स्कुलदेखि उत्तर र विरान स्कुलदेखि दक्षिण पाथीभरा टोलमा पर्दछ । १५ कठ्ठा जमिनमा बनेको उक्त वडा कार्यालयलाई प्रदिप खरेल लगायत दाताहरुले जािन उपलब्ध गराएका हुन् ।
नयाँ भवनमा आवश्यक फर्निचर र सजिसजावटको काम समेत सम्पन्न भएको छ ।








प्रतिक्रिया