Banner news

सेप्टिक ट्यांकमा डुबेका सानो साथी किन्डरका विद्यार्थीको मृत्यु

सेप्टिक ट्यांकमा डुबेका सानो साथी किन्डरका विद्यार्थीको मृत्यु


मेचीनगर । मन्टेस्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर–१० धुलाबारीका ८ वर्षीय तान्छोक लिम्बुको आज मृत्यु भएको छ ।

प्रहरी स्रोतका अनुसार आज विहान साढे १० बजेतिर उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएको हो ।

सोमवार दिउँसो साढे १२ बजेपछि उनी धुलाबारीको सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा पढ्न गएको बेला शौचालयको सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।

ट्यांकीबाट उद्धार गरेर उनलाई उपचारका लागि हस्पिटल लगिएको थियो । स्कुलको शौचालयको ढोकैमा रहेको सेप्टिक ट्यांकीको प्वाल मक्किएको प्लाईउडले छोपछाप पारिएको थियो । शौचालय जाने क्रममा बालक त्यही मक्किएको प्लाइउडबाट गहिरो ट्यांकीमा डुबेका थिए ।

 

शेयर गर्नुहोस :

0
Shares