Banner news

बिर्तामोड ५ का वडाध्यक्ष प्रसाई धर्नासहित नगरपरिसरबाट सेवा दिदैं

बिर्तामोड ५ का वडाध्यक्ष प्रसाई धर्नासहित नगरपरिसरबाट सेवा दिदैं


बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष रोहित प्रसाई वडा सचिवले समयको पालना नगरे भन्दै आन्दोलन सुरु गरेका छन् । वडाध्यक्ष प्रसाईले नगरपालिकाको प्राङगणबाट सेवा दिइरहेका छन् ।

वडा सचिव विमल पोखरेलले समय अनुशासन पालना नगरेको प्रसाईको भनाई छ । उहाँ कहिले पनि विहान कार्यालय समय १० बजे उपस्थित नभएको र ८ घण्टा काम नगरेको वडाध्यक्ष प्रसाईले जानकारी दिए । उनले आज विहानदेखि नगरपालिकाको कार्यालयबाटै वडाको सेवा दिइरहेका छन् ।

समयमा कर्मचारी नआउदा सेवाग्राहीलाई दुख भएको, वडाको कामकारबाही प्रभावित भएको उनको भनाई छ । प्रसाईले भने, ‘काम नगरेको समयको तलव कटौती गरेर नगरको खातामा जम्मा नगरेसम्म नगर परिसरबाटै सेवा दिन्छु ।’ उनले कुनै पनि कर्मचारीहरुले समयको पालना गर्नुपर्ने बताएका छन् । वडा सचिवको विषय मात्र होइन, सबै कर्मचारीले समयको पालना गर्नुहोस् भन्ने खवरदारीका लागि आफुले रचनात्मक दवाव दिएको हुँ, प्रसाईले भने ।

वडा सचिव पोखरेलले समयको पालना गरेको दावी गरेका छन् । वडाध्यक्षले समयको पालना नगरेको भन्ने विषयको आरोप झुटो भएको बताए । काजमा जाँदा, छुट्टि बस्दा हाजिर नगरेको हुन सक्छ, पोखरेलले भने – मसँग उहाँलाई के कुरामा चित्त नबुझेको हो थाहा छैन ।

शेयर गर्नुहोस :

0
Shares