Banner news

वडाध्यक्ष प्रसाईको माग पुरा, भोलीदेखि वडाबाटै सेवा

वडाध्यक्ष प्रसाईको माग पुरा, भोलीदेखि वडाबाटै सेवा


बिर्तामोड । माग पुरा भएपछि बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईको धर्नासहितको सेवा स्थगित भएको छ । वडा सचिव विमल पोखरेलले समयको पालना नगरेको भन्दै वडाध्यक्ष प्रसाई नगर परिसरमा धर्ना बसेका थिए । तीन दिन वडाको काम पनि नगर परिसरबाटै गरेका प्रसाईले भोलीदेखि वडाबाटै सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

समय अनुशासनको पलना गराउन वडा सचिव विरुद्ध वडाध्यक्ष धर्ना बसेका हुन् । वडामा नयाँ सचिव पठाउने सहमति भएको छ, प्रसाईले भने – मेरो माग पुरा भएको छ । भोलीदेखि म वडाबाटै सेवा दिन्छु ।

वडा सचिवले काम गरेको समय, विदा सबै अध्ययन गरेर हिसाव मिलाइने सहमति भएको छ ।

नगरमा भएको छलफलबाट नयाँ सचिव पठाउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ । वडा सचिवका विरुद्ध अध्यक्ष धर्नामा बस्न सक्ने भएपछि सचिवका लागि धेरैले खुट्टा तानेको स्रोतको भनाई छ । समय व्यवस्थापन गर्नुपर्ने वडाध्यक्षको जायज मागको आलोचना समेत भएको छ । सचिव विरुद्ध वडाध्यक्ष धर्नामा बस्ने, प्रशासकीयले बद्मासी गरेमा मेयर धर्नामा बस्ने परम्पराभन्दा नीतिगत निर्णयबाट समाधान खोज्नुपर्ने धेरैको तर्क छ ।

यता, सबै कर्मचारीलाई समयको पलना गर्न र डे«स लगाउन आग्रह समेत गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares