गौरीगञ्ज

चिसो हातले चार्जमा रहेको फोन उठाउदा महाराभारामा एक महिलाको मृत्यु

चिसो हातले चार्जमा रहेको फोन उठाउदा महाराभारामा एक महिलाको मृत्यु


महाभारा । चिसो हातले चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर झापाको गौरीगञ्जमा एक महिलाको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका– १ स्थित महाभारामा ५५ वर्षीया शिला बुढाथोकीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले मोबाइल फोन छुँदा करेन्ट लागेको जनाइएको छ । मृतकको शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल लगी परिवारजनलाई शव जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares