बिर्तामोड । झापामा जेठ महिना यता पानी डुबेर मात्रै १० जनाको ज्यान गएको छ । झापा प्रहरीले पानीमा डुबेर ज्यान गएको अवस्थामा १० जनाको शव फेला पारेको जनाएको छ ।
प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं. १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कन्काई सिँचाई नहरको शाखा नहरमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको थियो ।
इलाम माइ नगरपालिका वडा नं. ८ स्थित रहेको सतासी झर्नाको दहमा साथीसँग घुम्न भन्दै गएका झापा कमल गाउँपालिका वडा नं. ५ पाडाजुँगी बस्ने टेक बहादुर भण्डरीको छोरा बर्ष २१ को निश्चल भण्डारीलाई पौडी खेल्ने क्रममा माथीबाट डाईब हान्दा पानीमा डुबी मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
यस्तै, शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित रहेको दोमुखा ड्याममा कन्काई नगरपालिका वडा नं. २ बस्ने दुर्गा गुरागाईको छोरा १८ वर्षीय सलिन गुरागाई पौडी खेल्ने क्रममा डुवी मृत्यू भएको थियो ।
भद्रपुर नगरपालिका वडा नं. ९ शान्ती चौक बस्ने वर्ष ७५ को जीवन थापा मगर मेची क्याम्पस भद्रपुरको पूर्व पट्टी जमेको नालीको पानीमा मृत अवस्थामा फेला परेको थिए ।
बिर्तामोड नगरपालिका वडा नं.६ बस्ने नेत्र मैनालीको छोरा १९ वर्षीय अनिल मैनाली देउनिया खोला एरियामा च्याउ टिप्न गएको बेला उक्त खोला तर्ने क्रममा चप्पल बगाएकोले चप्पल टिप्ने क्रममा खोलाले बगाई मृत्यु भएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
गौरादह नगरपालिका वडा नं. ६ का टगुवा स्थित रतुवा खोलामा ६५ वर्षीय भागवत शर्मा घोप्टो परी मृत अवस्थामा फेला परेको थिए ।
गौरादह नगरपालिका वडा नं.९ स्थित रहेको किस्ने खोलामा वडा नं. २ का आबुलाल ताजपुरियाको छोरा १३ वर्षीय एन्जल ताजपुरिया पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं. ३ बस्ने पर्शुराम पराजुलीको छोरा १४ वर्षीय सागर पराजुली सोही ठाउँमा रहेको लेरा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयहरुले देखी तत्काल पानीबाट निकाली उपचारको लागि दमक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
झापा गाउँपालिका वडा नं. ४ ग्रामथान स्थितमा रहेको नेपाल भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा वडा नं. १ बस्ने गौतम कुमार गणेशको छोरा वर्ष ७ वर्षीय डेनिस गणेश खेल्ने क्रममा चिप्लेर पानीमा डुबि घाईते भई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाईएको र अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको थिए ।
यस्तै, बाह्रदशी गाउँपालिका वडा न. ०१ नयाँ बस्ती स्थित अदुवा खोलामा खोलाले बगाई ल्याएको जस्तो देखिने, साडि बेरिएको तत्काल नामथर वतन नखुलेको पहिचान गर्न नसकिने लास सडे गलेको अवस्थामा फेला परेकोले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको झापा प्रहरीले जनाएको छ ।







प्रतिक्रिया